नियम
अध्यक्ष तथा सदस्यको योग्यता
प्राधिकरणको अध्यक्ष तथा सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा (१) मा उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा दश वर्ष र सदस्यको हकमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ । कक. कार्यबाहक अध्यक्ष तोक्न सक्नेः नेपाल सरकारले अध्यक्षको पद कुनै कारणले रिक्त भएमा अध्यक्षको पदपूर्ति नभएसम्मका लागि सदस्य वा प्राधिकरणको कुनै वरिष्ठ निर्देशकलाई बढीमा छ महिना सम्मका लागि कार्यवाहक अध्यक्ष भई कामकाज गर्न तोक्न सक्नेछ ।